सिन्धुपाल्चोक, २५ जेठ । ‘बरु जागिर छाड्छु गाउँ जाँन्न । ज्यानभन्दा ठूलो जागिर होइन ।’ भागेर सदरमुकाम आएका सुनखानी गाविस सचिव प्रकाश चापागाईंले भने, काठमाडौंबाट आएका मान्छेहरुले खुकुरीले छिनाल्छु भनेपछि ज्यान जोगाउन भागें ।’
भूकम्पपीडितलाई परिचयपत्र बाँड्न आफू कुनै पनि हालतमा उक्त गाविसम जान नसक्ने उनले बताएको कान्तिपुर दैनिकले छापेको छ ।
ठूलो सिरुबारीका स्थानीय राजनीतिक दलहरुले काठमाडौंमा घर भएकाले पनि १५ हजार पाउनुपर्छ भन्दै प्रेस विज्ञप्ति निकालेपछि परिचयपत्र वितरण रोकेर गाविस सचिव दुर्गाप्रसाद ढुंगेल पनि सदरमुकाम आउका छन् ।
‘निर्देशिकाविपरीत काम गर्न सकिँदैन,’ उनले भने ।
राजधानी बस्दै आएकाले समेत धमाधम १५ हजार रुपैयाँ बुझ्न थालेपछि तौथली गाविस सचिव पशुपति गैंडा काम छाडेर सदरमुकाम गएका छन् ।
‘१२ सय परिवार बढेर १८ सय पुग्यो,’उनले भने, अझै बढ्दै छ । थेग्नै नसकेपछि गाउँ बस्नै सकिएन ।’
भूकम्पले घर भत्काएकालाई सरकारले घोषणा गरेको १५ हजार रुपैयाँ पाउन नक्कली अंशबन्डा गराउन र परिवार फाटेको प्रमाणित गर्न सचिवहरुलाई भौतिक रुपमै आक्रमण प्रयास भएपछि उनीहरु गाउँ छाडेर सदरमुकाम आउन थालेका छन् ।















प्रतिक्रिया