३ कार्तिक २०८३, मंगलबार

गृहमन्त्री बामदेवको कार्यालयबाट ५९ हजार थान ब्लांकेट गायब !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Blanketकाठमाडौं, २५ जेठ । बंगलादेशले भूकम्पपीडितका नाममा पठाएको करिब ५७ हजार थान ब्लांकेट हराएका छन् ।

वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि बंगलादेशले हवाई र सडक मार्गबाट ५९ हजार २ सय ७२ थान ब्लांकेट पठाएको नागरिक दैनिकले छापेको छ ।

विदेशबाट आउने राहत सामग्रीको तथ्यांक राख्ने तथा वितरण गर्ने जिम्मेवारी पाएको गृहमन्त्रालयले बंगलादेशबाट २ हजार ४ सय ७८ थान मात्र ब्लांकेट प्राप्त भएको देखाएको छ ।

अरु ब्लांकेट कहाँ छन् तथा कहाँ गए भन्नेमा गृह मौन छ ।

बंगलादेशको काठमाडौंस्थित दूतावासका अनुसार ५९ हजार २ सय ७२ थान नै ब्लांकेट तीन साताअघि नेपाल भित्रिएका हुन् ।

केही ब्लांकेट बंगलादेशी सेनाको हवाइजहाजमार्फत सीधै र केही ट्रकबाट सडकमार्ग हुँदै काठमाडौं ल्याइएको थियो ।