३ कार्तिक २०८३, मंगलबार

काठमाडौंमा सहुलियत लिन सग्ला घर भत्काउन निवेदन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Kathmandu-Death-Neकाठमाडौं, २५ जेठ । काठमाडौं महानगरपालिका–१ मा भूकम्पका कारण ११ वटा घर पूर्ण रुपमा ध्वस्त भए ।

घरमा बस्न नसकिने भन्दै भूकम्पपछि थप १ सय १ घर भत्काउन निवेदन पर्‍यो । ‘१०/१२ वटा निवेदन स्विकृत गर्न नसकिने खालका भेटियो’ वडा सचिव राम सापकोटाले भने, ‘बुझ्दै जाँदा उनीहरुको अरुतिर पनि सग्लो घरवाला भएको प्रारम्भिक सूचना आएको छ, अहिलेकै अवस्थामा उनीहरुको घरमाथि निर्णय हुन असम्भव छ ।’

दुई दिनअघि हातमा कागज बोकेर एक सहसचिव हस्याङ फस्याङ गर्दै डिल्लीबजार पिपलबोटस्थित ३२ नम्बर वडा कार्यालय पुगे ।

वडा नागरिक मञ्चका एक प्रतिनिधीसँग कुराकानीका क्रममा उनले आफ्नो घर भत्काउनुपर्ने भएकाले निवेदन दिन आएको बताएको कान्तिपुर दैनिकले छापेको छ ।

‘अस्ति हामीले हेर्दा तपाँईको घर सग्लै थियो त भनेर जवाफ दिएपछि उनी चुप लागेर कुर्सिमा बसेछन्’ वडा कार्यालयका एक कर्मचारीले भने, ‘धर्ना दिएर बसिरहेका ती सहसचिवले वडा नागरिक मञ्चका प्रतिनिधी बाहिर निस्केपछि सुटुक्क निवेदन दर्ता गराएछन् ।’

भूकम्पपीडितलाई सरकारले तत्काल आर्थिक राहत र दीर्घकालीन सहुलियत ऋण दिने योजना बनेपछि काठमाडौं महानगरका शहरी क्षेत्रमा घर भत्काउन निवेदन दिनेहरु बढेका छन् ।