गाईघाट (उदयपुर), २४ जेठ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १ बोक्सेमा रहेको त्रियुगा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष शङ्कर बस्नेतमाथि आज कार्यालयमा बैठक बसिरहेको बेला मध्यान्ह १२ बजे केही नकाबधारीले कालोमोसो दलेर पेट्रोल छर्किदिएका छन् ।
उपभोक्ता समितिका पदाधिकारीहरुको बैठक बसिरहेका बेला पाँच जना नकाबधारी प्रवेश गरेर बस्नेतमाथि पेट्रोल छर्कनुका साथै कालोमोसो दलेको पीडित बस्नेतले बताउनुभयो ।
यता प्रहरीले बस्नेतमाथि पेट्रोल छर्केर मोसो दल्नेहरुको खोजीकार्यलाई तीव्रता दिइएको उदयपुरका प्रहरी उपरीक्षक टेकबहादुर गुरुङले बताउनुभयो ।
उहाँले आफू्माथि मोसो दल्ने र पेट्रोल छर्कने समूह नेत्रविक्रम चन्द (विप्लव) समूहको माओवादी कार्यकर्ता भएको कुरासमेत दाबी गर्नुभयो ।
उहाँका अनुसार मोसो दलेर उक्त नकाबधारी समूह मकैबारीतिर गएको थियो ।
चन्द समूहले भने बस्नेतमाथि त्रियुगा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीमा करोडौँको भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ ।
बस्नेतमाथि भएको दुव्र्यवहारको चन्द समूहका उदयपुर जिल्ला इन्चार्ज केदार राईसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । रासस















प्रतिक्रिया