१७ कार्तिक २०८३, मंगलबार

रसुवाको लाङटाङमा हिमपहिरोः ३ विदेशीसहित ५४ जनाको लास भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Langtang ma uddarकाठमाडौं, २४ जेठ । विनाशकारी भूकम्पपछि रसुवाको लाङटाङमा आएको हिमपहिरोमा पुरिएका मध्ये शनिवार ५४ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले पुनः गरेको सर्च एण्ड रेस्क्यू अप्रेशन अन्तर्गत लाङटाङबाट ३ विदेशीसहित ५४ जनाको शव फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

लाङटाङमा भेटिएका शवमध्ये ५० नेपाली (१६ पुरुष, २६ महिला, ४ बालक र ४ बालिका) तथा ३ जना बिदेशी (१ नेदरल्याण्डकी महिला, १ स्पेनिश १ महिला र १ पुरुष) र डाँडागाउँका १ जना बालक रहेको प्रहरीले जनाएको छ ।

प्रहरी र सेनाको संयुक्त टोलीले शनिबार विदेशीसहित ५४ जनाको शव उत्खनन् गरेको थियो । फेला परेका ५१ जना नेपालीको शव सनाखत भई आफन्तहरुको जिम्मा लगाइएको छ भने, ३ जना बिदेशीको शव व्यवस्थापन कार्य भइरहेको छ । हिमपहिरोमा अझै सयौं स्वदेशी विदेशी हराइरहेका छन् ।