काठमाडौं, २४ जेठ । सरकारले घर निर्माणमा बन्देज लगाएपछि निर्माण कार्य ठप्प भएको भन्दै उद्योगी व्यवसायीले निर्णय पुनरावलोकन गर्न दबाब दिएका छन् ।
मापदण्ड र आचारसंहिता पालन गर्नेले पनि भवन निर्माण गर्न नपाउँदा समग्र निर्माण क्षेत्र ठप्प भएको र अन्तर्राष्ट्रिय समुदायमा समेत राम्रो सन्देश नगएको व्यवसायीको भनाइ छ ।
विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति गरेपछि सरकारले असार मसान्तसम्म नक्सापासमा रोक लगाएर निर्माणाधीन घर २ तलामाथिको बनाउन प्रतिबन्ध लगाएको थियो ।
पुननिर्माण गर्ने समयमा सरकारले घर बनाउन प्रतिबन्ध लगाउँदा सबैजसो निर्माणका काम प्रभावित भएको नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले बताएको कारोबार दैनिकले छापेको छ ।
‘यस्तो निर्णयबाट सरकारले राजस्व गुमाउँछ, उत्पादन बजारमा नगएपछि उद्योगसमेत चल्न सक्दैन,’ उनी भन्छन्,‘सरकारले निर्णय फिर्ता लिनुपर्छ ।’















प्रतिक्रिया