२९ आश्विन २०८३, बिहिबार

नि:सन्तानपनको कारण : धेरै पुरुषसँग शारीरिक सम्पर्क र विकृत यौन जीवन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Child-body– शंकर खैराली

सन्तान ठूलो होस । विहावारी गरोस । रहरलाग्दा सन्तान जन्मिउन । हरेक आमा बुवाको यस्तै सपना हुन्छ, सन्तनप्रति ।

पुरुष होस या नारी, उमेर पुगेपछि स्वर्णीम कल्पना गर्छ । रहरलाग्दो पुरुष साथी वा लोभलाग्दी महिला साथीको कल्पना गर्छ ।

युवायुवतीले प्रेम गर्छन । संगत गर्छन । व्यवहार गर्छन । समयसँगै सुहाउँदो वर वा सुशील श्रीमतीको परिकल्पना हरेकमा हुन्छ । सामाजिक जीवनको यो नियमित र अत्यावश्यक प्रक्रिया पनि हो ।

आमाबुवाले चाहेजस्तै नव जोडीले पनि रहर लाग्दा सन्तानको कल्पना गर्नु जीवनको प्रक्रिया हो । विवाहको केही समय हनिमुन अवधि सकिएपछि हरेक नव जोडीमा सन्तानको स्वाभाविक चाहना हुन्छ । यो पारीवारिक र सामाजिक चाहना अनि आवश्यकता पनि हो ।

 डा. पदमराज पन्त
डा. पदमराज पन्त

विडम्वना पछिल्लो समय विवाहित जोडीलाई एउटा ठूलो ‘रोग’ले सताउने गरेको छ । प्रोफेसर डाक्टर पदमराज पन्तका अनुसार पछल्लो समय नेपालमा विवाहितमध्य १५ प्रतिशत जोडी निशन्तानको समस्यामा छन् । उनीहरु यही पीरले पिरोलिन थालेका छन् । उनीहरु अनेक अस्त्र, उपाय, औषधिमूलो, धामी, झाँक्री, भोज, भाकल गर्दा गर्छन । त्यती गर्दा पनि कतिपयले सन्तान सुख पाउन नसकेको उदाहरण समाजमा बाक्लै पाइन थालेका छन् ।

सन्तानको पीडा
जसो गर्दा पनि सन्तान नहुँदा त्यसको कठोर पीडा महिलाले बढी भोग्नु परेको पाईएको डा पन्त बनाउँछन् । समाजमा ह्येको दृष्टिले हेर्ने, परिवारमा सासूले नै बुहारीलाई ‘बाँझी’ भनेर नानाथरी मानसिक र भौतिकसम्मको यातना दिने गरिएको छ । ‘आफ्नै श्रीमानले पनि मेरो त उठेकै हुन्छ तेरै कमजोरी हो भनेर श्रीमतीलाई दुःख दिएको पाइयो’, डा पन्तले भने,‘लिङ्ग उठेकै भरमा चार वटी श्रीमती विवाह गरेको उदाहरण पनि सोधका क्रममा पाइयो । जाँच गरेर हेर्दा श्रीमानमा नै कमजोरी थियो ।’ सन्तान नहुने जोडीमा हिनताभाव, एकलोपन, सामाजिक अपहेलनाको भावनामा जीउनुपर्ने वाध्यता रहेको विभिन्न अध्यनहरूले देखाएका छन् ।

निशन्तानपनको कारण
निशन्तानपन हुनुमा एउटा मात्रै कारण छैन । टिचिङ अस्पतालका प्रोफेसर डाक्टर तथा ग्रान्डीमा प्रमुख गाइनेजोलिस्टको सेवा प्रदान गरिरहेका डा पन्तका अनुसार विभिन्न कारणले महिला, पुरुषमा निसन्तानपन बढीरहेको छ । अहिले समाजमा रातारात सम्पन्न बन्ने होड चलेको छ । मानिस हतारमा छ । सहरिया जीवनप्रति आकर्षण बढेको छ । तर सहरमा पाइने प्राय खानेकुरा विषादीयुक्त हुने र त्यसको सीधा प्रभाव मानिसको सन्तान उत्पादन क्षमतामा पर्ने डा पन्त बताउँछन् । सम्पन्न हुने होडमा ग्रामीण क्षेत्रमा कृषि उत्पानद बढाउन प्रयोग गरिने विषादी पनि सन्तान उत्पादन गर्ने क्षमताको दुश्मन बन्दै गएको डा पन्तको सोधले देखाएको छ ।

खानपान, रहनसहन, आनीबानी र व्यवहारले मानिसमा पहिलेभन्दा अहिले शुक्राणु उत्पानको क्षमता नै ह्रास हुँदै गएको पाइएको छ । विश्व स्वास्थ्य संगठनले पहिला पहिला एक मिलि लिटर शुक्रकिटमा ५० मिलियन शुक्राणु भएमा त्यसलाई सामान्य अवस्था स्वीकारेको थियो । पछि एक मिलि लिटर शुक्रकिटमा २० मिलियनलाई सामान्य मान्यो । आधुनिक खानपान, रहनसहन, जीवनशैली र व्यवहारले संसारभरीका मान्छेमा त्यो घट्दै गएपछि अहिले एक मिलि लिटरमा १५ मिलियन शुक्राणु भएमा त्यसलाई सामान्य मान्न थालेको डा पन्त बताउँछन् ।

नेपालमा परुषमा शुक्रकिट र महिलामा अण्ड उत्पादन नहुने कारण भने डरलाग्दा देखिएका छन् । डा पन्तले सुदूरपश्चिममा गरेको एक सोधले त्यस क्षेत्रमा गलैंचाको काम गर्ने पुरुषमा निशन्तानको समस्या अत्याधिक देखाएको छ । गलैंचा बनाउन प्रयोग गरिने धागो रंग (एलिलिन) पुरुषको शुक्रकिट उत्पादनको दुश्मन देखिएको छ । गलैंचाको काम गर्ने पुरुषमध्य ९० प्रतिशतसम्ममा निशन्तानको समस्या वा न्यून शुक्रकिट भएको पाइएको डा. पन्तले बताए । त्यस्तै ठूला सवारी साधन (ट्रक, लहरी, डोजर, रात्री बस, क्रेन) चलाउने चालकमा पनि निसन्तानको समस्या अधिक भएको पाइएको छ ।

एउटै महिलाको धेरै पुरुषसँग शारीरिक संसर्ग हुने, यौन व्यवसायमा लाग्ने र बढी खाने कारणले पनि महिलामा निसन्तानपन बढ्दै गएको छ ।

सवारी साधनबाट निस्कले ‘हिट’का कारण पुरुषको शुक्रकिट उत्पादन नाश भएर जाने गरेको सोधले देखाएको उनले बताए । त्यस्तै सिन्धुपाल्चोकमा गरिएको एक अध्ययनले त्यस क्षेत्रमा कृषि कार्यमा विषादी प्रयोग गर्ने महिला पुरुषको शुक्रकिट र अण्ड उत्पादन क्षमता पनि ह्रास हुँदै गएको पाइएको छ । विषादीको प्रयोग पछिल्लो समयमा मुलुकको प्राय सबै क्षेत्रमा हुने गरेको छ । त्यो मात्रै होइन विषादी प्रयोग गरिएका खानेकुरा उपभोग गर्ने हरेक उपभोक्ता निसन्तानको समस्यामा पर्दै गएको डा पन्तले बताए । भएको शुक्रकिटमा पनि ३० प्रतिशत शुक्राणु दौडने खालका भएनन् भने त्यसले महिला पुरुषको संसर्गबाट मात्रै सन्तान नहुने पनि डा पन्तले जानकारी दिए । त्यस्तो अवस्थामा कृत्रिम गर्भाधान वा टेष्टट्युब विधिबाट मात्रै संभव हुने उनी बताउँछन् ।

आधुकि समयमा महिलाहरू आधुनिक बन्दै गएको, एउटै महिलाको धेरै पुरुषसँग शारीरिक संसर्ग हुने, यौन व्यवसायमा लाग्ने र बढी खाने कारणले पनि महिलामा निसन्तानपन बढ्दै गएको डा पन्तले बताए । बदलिँदो सामाजिक स्वरूप, त्योसँगै भित्रिएका विकृति, सानैमामा यौनसाथी बनाउने र उमेरसँगै धेरै यौनसाथी हुने, श्रीमान विदेशमा रहँदा केही महिलाले यौन सन्तुष्टिका लागि परपुरुषसँग सम्बन्ध बनाउने र विदेशी सँस्कारको नाममा पनि यौन विकृति बढेकाले त्यस्ता महिलाको डिम्बनली बन्द हुने, अण्ड उत्पादन हुन नसक्ने कारणले सन्तान सुखबाट बन्चित हुनुपर्ने अवस्था बढ्दै गएको सोधले देखाएको छ ।

बढी खाने, चिल्लो, पिरो, बोसोयुक्त खानाले महिलामा मोटोपन बढ्दै गएको छ । महिलामा अत्याधिक मोटोपनले पनि अण्डको जीवाणु शक्ति नष्ट हुने र निशन्तानको समस्या बढ्दै गएको डा पन्तले बताए । उनको सुझाव छ, विषादीको प्रयोग, रंगको प्रयोग, आनीबानी, यौन व्यवहारमा सुधार गर्नाले पनि निसन्तानको समस्याबाट बच्न सकिन्छ ।

कसमा बढी ?
नेपालमा निसन्तानको समस्या भएकामध्य ३० प्रतिशत कमजोरी पुरुषमा पाइएको छ भने ३० प्रतिशत नै महिलामा देखिएको छ । बाँकी ४० मध्य २० प्रतिशत महिला पुरुष दुबैको कमजोरी देखिएको छ भने २० प्रतिशत अझै पनि पत्ता लाग्न सकेको छैन । यसलाई प्राकृतिक समस्याका रूपमै परिभाषित गरिएको छ ।