३० आश्विन २०८३, शुक्रबार

नेपालका भूकम्प पीडितलाई एसियन इन्डियन समुदाय अमेरिकाको १० लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

america-rahat
– विजय थापा
वाशिंगटन डिसी । अमेरिकाको भर्जिनियाको, भर्जिनिया बीच स्थित १९९६ मा भारतीय अमेरिकन समुदायको पहलमा स्थापना भएको (एआइआर एच )एसियन इण्डियन्स अफ ह्याम्प टन रोड्स नामक गैर मुनाफा सामाजिक संस्थाको पहलमा भूकम्पबाट नेपालमा ठूलाे मात्रामा जनधनकाे क्षति भएकाेले भूकम्प पीडितकाे लागि आर्थिक सहयोग गर्ने हेतुले कोष वृद्धि कार्यक्रमको आयोजना भर्जिनिया बीचमा भव्यताको साथ सम्पन्न गर्यो ।
 
नेपाल डिसआस्टर रिलिफ प्रोग्राम फन्ड राइजिङ्ग इवेन्ट नामकरण गरिएको उक्त कार्यक्रम भर्जिनिया बिचको होलिडे इनमा भएको थियो भने कार्यक्रममा पुरा टिकट बिक्रि भएको थियो। उक्त क्षेत्रमा नेपाली समुदायको पातलो बस्ति रहेको छ । नेपालका भूकम्प पिडितलाई सक्दो आर्थिक सहयोग गर्ने अभिप्रायले सांगीतिक कार्यक्रम पनि राखिएको जानकारी भर्जिनिया बीचमा बसोबास गर्ने सलिल गौतमले दिए ।
 
नेपाल डिसआस्टर रिलिफ प्रोग्राम फन्ड राइजिङ्ग इवेन्ट नामकरण गरिएको उक्त कार्यक्रमबाट ३० हजार डलर जति उठेको सहभागीले जनाएका छन् भने संकलित रकम मध्ये नेपाली दुताबासका मिनिस्टर कन्सुलर नारायण प्रसाद मैनालीलाई १० हजार डलर हस्तान्तरण गरिएको छ । अन्य रकम पछि हस्तान्तरण गरिने भएको छ ।
 
उक्त कार्यक्रममा भर्जिनिया क्षेत्र ३ का सभासद बबी स्कट, नेपाली समुदायका प्रतिनिधि, अमेरिकन रेडक्रस, आयोजक एआइआर एचको तर्फ बाट उपाधक्ष्य तथा सामुदायिक सम्पर्क निर्देशकले नेपालको भूकम्प पिडित बारेमा चर्चा गर्नुको साथै परिवार गुमाएकाहरु प्रति गहिरो दुख ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा नेपालको भूकम्प को वृत चित्र पनि देखाईएको थियो भने नेपाली समुदायको पनि सहभागिता रहेको थियो ।
 
वाशिंगटन डिसी बाट झन्डै ३ घण्टा को यात्रा तय गर्दै भर्जिनिया बीच पुग्नु भएका नेपाली दुताबासका तर्फबाट मिनिस्टर कन्सुलर नारायण प्रसाद मैनालीले आयोजकलाई धन्यवाद दिदै रकम प्रधान मन्त्रि राहत कोषमा जाने बताउदै भारतीय अमेरिकन समुदायले नेपालका भूकम्प पिडितहरुलाई गरेको सहयोग प्रति नेपाली दुताबास तथा नेपाल सरकारको तर्फ बाट धन्यबाद दिनुभयो ।
 
नेपाली समुदायका तर्फ बाट सलिल गौतमले भूकम्पको समाचार धेरै सुनिन्छ l र ,भूकम्पले ठुलो बिनास गरेकोले हाम्रो मुटु छिया परेको बताए भने नेपलिज कम्युनिटी अफ ह्याम्प टन रोड्स का नेपाली समुदायका प्रतिनिधि गंगा भण्डारीले नेपाल आमा अहिले दुखमा छिन् भन्दै हामीले पुरा सहयोग गर्नु पर्ने बताए l
 
सांगीतिक कार्यक्रम बाट नै पैसा उठाउने कार्यक्रम रहेकोले नृत्य, बलिवुड फ्युजन नृत्य, नेपाली नृत्यहरु, अर्ध क्लासिकल भारतीय नृत्य तथा बलिवुडका अनेक प्रस्तुति प्रदर्शन गरिएको थियो l (एआइआर एच )एसियन इण्डियन्स अफ ह्याम्प टन रोड्स मुनाफा रहित सामाजिक संस्थाका अध्यक्ष हिमांगसु दे ले उठेको रकम बारेमा जानकारी दिदै सबैलाई धन्यवाद दिएका थिए l