१७ कार्तिक २०८३, मंगलबार

भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ७१६ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-policeकाठमाडौँ, २३ जेठ । गत वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पमा परी ८ हजार ७ सय १६ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार भूकम्पबाट शनिवारसम्म ८ हजार ७ सय १६ जनाको मृत्यु भएको हो । भूकम्पमा परी २२ हजार ४९३ जना घाइते भएका छन् ।

भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७३१, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६४६५, पश्चिम क्षेत्रमा ४६० र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १३०१७, पूर्व क्षेत्रमा ४५२, मध्य क्षेत्रमा ७७४४, पश्चिम क्षेत्रमा १२४२, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् ।

मृतकमध्ये ८६८१ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये ४४०२ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।