काठमाडौं, २३ जेठ । शुक्रबारै विहानै मलेसियामा गएको शक्तिशशाली भूकम्पमा परी हालसम्म ११ जनाको मृत्यु भएको छ ।
मलेसियाको सबाह राज्यमा माउन्ट किनाबालु केन्द्रबिन्दु भएर गएको ६ रेक्टर स्केलको भूकम्पबाट हिमाल चढ्न लागेका ११ जनाको मृत्यु भएको हो ।
समाचार एजेन्सीले जनाएअनुसार माउन्ट किनाबालु पहाड चढ्न लागेका ११ जना आरोहीको भूकम्पपछि आएकोे पहिरोमा पुरिएर ज्यान गएको हो । ज्यान गुमाएका मध्ये ६ जनाको शव निकालिएको छ ।
बाँकी पाँच जनाको शव निकाल्न प्रयास जारी रहेको छ । आरोहीहरु ४ हजार ९५ मिटर अग्लो किनाबालुमा थिए ।















प्रतिक्रिया