१७ कार्तिक २०८३, मंगलबार

तत्कालिन माओवादीले माडीको बाँदरमुढेमा ३८ जनालाई यसरी मारेको थियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwan

– सन्दिप भट्ट

चितवन, २३ जेठ । चितवनको माडीमा बाँदरमुढे घटना भएको आज १० बर्ष पुरा भएको छ ।

१० बर्ष अगाडी २०६२ साल जेठ २३ गते चितवन माडीको बाँदरमुढे खोलामा यात्रुवाहक बस धरापमा पार्दा ३८ जनाको ज्यान जानुका साथै ७२ जना घाइते भएका थिए । घटनाको केही समयपछि घाइते हुनेमध्येका तीन जनाको मृत्यु हुँदा घटनाको कारण मृत्यु हुनेको संख्या अहिले ४१ पुगिसकेको छ ।

चितवनको माडी स्थित कल्याणपुर गाविसमा पर्ने बांदरमुढे खोलामा तत्कालिन विद्रोही नेकपा माओवादीले थापेको एम्बुसमा परी ३८ जनाले ज्यान गुमाएका थिए । माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते विहान पौने ८ बजे बँंदरमुढे खोलामा विद्युतीय धरापमा पर्दा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।

माओवादीले घटाएको उक्त घटनाको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चर्को रुपमा विरोध भएको थियो । माओवादी पार्टीले समेत एक विज्ञप्तिमार्फत युद्धको नियमविरुद्धको घटना भनी माफी मागेको थियो । यद्यपी, घटना घटाउने कुनै कार्यकर्तालाई पार्टीले कारबाही भने गरेको छैन् ।

घटना भएको बर्ष बितिसक्दा पनि आफुहरुले उचित राहत र न्याय नपाएको पीडितहरुले गुनासो गर्दै आएका छन् । पीडितको घाउंमा मलम लगाउन भन्दै एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६० लाख रुपैयाँ राहतको घोषणा गरे पनि पीडितहरुले मानवीय संबेदनालाई पैसासंग जोडेको भन्दै प्रचण्डले घोषणा गरेको ६० लाख राहतको प्याकेज बहिष्कार समेत गरेका छन् ।

badarmude

माओवादीले घटाएको उक्त घटनाको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चर्को रुपमा विरोध भएको थियो । माओवादी पार्टीले समेत एक विज्ञप्तिमार्फत युद्धको नियमविरुद्धको घटना भनी माफी मागेको थियो । यद्यपी, घटना घटाउने कुनै कार्यकर्तालाई पार्टीले कारबाही भने गरेको छैन् ।

माडीको बगाईबाट भरतपुरसम्म आउनका लागि यात्रा गर्नेहरु प्रायः सर्वसाधारण नै थिए । घटनाका कतिपय घाइतेहरु अहिले पनि वैशाखीको सहारा लिन बाध्य छन् । बाँदरमुढे घटनालाई वर्षैसम्म जीवन्त बनाई राख्नमा स्वयं माओवादीका नेता तथा कार्यकर्ताका बोली–व्यवहार नै जिम्मेवार छन् । बाँदरमुढे घटना योजनाबद्ध रुपमा विद्युुतीय धराप थापेर घटाइएको हो ।

बसको छतभरी बर्दीधारीको ठाउँमा सर्वसाधारण आएको देख्दादेख्दै पनि धरापलाई विस्फोट गराउने कार्यकर्तालाई सार्वजनिक अनि कारबाही नगरेसम्म माओवादी यो घटनाको विरुद्धमा छ भन्ने कुराको पुष्टि हुन सक्दैन् । माओवादी नेताहरु भाषण मात्रै गर्छन्, व्यवहारतः पीडितहरुलाई राहत मिल्ने कुनै कार्यक्रम ल्याउन सकेका छैनन् ।

chitwan-madi-maoistबाँदरमुढे घटना पहिलेदेखि नै माओवादी नेता तथा कार्यकर्ताको टाउको दुखाइको विषय न्दै आइरहेको छ र टाउको दुखाइको विषय बनिरहने छ । घटनाको पीडालाई कम गर्नतिरभन्दा पनि आफ्नो तरिकाबाट व्याख्या गर्ने काम मात्र भएको छ अहिलेसम्म ।

प्रचण्डले अहिलेसम्म पनि बाँदरमुढे घटनाका पीडितसँग छलफल वा भेटघाट गरेका छैनन् । माओवादीले २०५२ सालमा जनयुद्धको सुरुवात गर्दा शोषित–पीडित र गरिब जनताको पक्षमा लड्ने बताएको थियो । तर, १० वर्षे जनयुद्मा मर्ने सबैजसो शोषित–पीडित र गरिब जनता नै भए । भएका सबै संरचनालाई ध्वंस बनाएर मात्र क्रान्ति सफल पार्न सकिन्छ भनेर लागेको माओवादीले धेरै घरपरिवारको बिचल्ली बनाइदियो, जनयुद्धको १० वर्र्षमा ।

सहयोग र राहातका अनेक आस्वासन पाएपनि बास्तवमा न्याय पाउन नसकेको पीडितहरुको गुनासो छ । सो दिनको दुखद सम्झनामा घटना स्थल बाँदरमुढे खोलामा आज बाँदरमुढे घटना पीडित संघर्ष समिति माडीले घटनाको दशौं बार्षिकीको अबसरमा सोकसभा गर्दैछ ।