२९ आश्विन २०८३, बिहिबार

दाईजो नल्याएपछि छोरासँग मिलेर सासु-ससुराले बुहारीलाई कुटि-कुटि झुण्ड्याएर मारे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sucide hanging fansi

काठमाडौं, २२ जेठ । हाम्रो समाजमा परम्परागत रुपमा चलिआएको दाइजो प्रथा अझै हटिनसकेको कुरा अहिलेको घटनाले देखाएको छ ।

भारतको उत्तरप्रदेश राज्यमा एक परिवारले दाईजोको निहुँ आफ्नै बुहारीको हत्या गरेका छन् । सुल्तानपुर जिल्लाको कादीपुर कोतवाली क्षेत्रमा छोरासँग मिलेर सासु-ससुराले बुहारीको हत्या गरेको रहस्य खुलेको हो ।

दाईजो नल्याएको भन्दै बुहारीलाई सासुले विवाह गरेको एकमहिनादेखि निरन्तर दुव्र्यवहार गर्दै आएकी थिईन् । माइतीपक्षले मागेजति दाइजो नदिएको रिसमा छोरासँग मिलेर सासु-ससुराले विहीबार बुहारीलाई फाँसी लगाएर हत्या गरेको उत्तरप्रदेश प्रहरी मुख्यालयले जनाएको छ ।

विहीबार पतिको घरमा २२ वर्षीय रेखाको लास भेटिएपछि यो घटना बाहिर आएको हो । दाइजो नल्याएकै कारण हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । उनीहरुले पहिला कुटपिट गरेको र त्यसपछि फाँसीमा झुण्ड्याएको बताइएको छ ।

प्रहरी प्रवक्ताका अनुसार २२ वर्षीय रेखाको विहे गत वर्ष जून १७मा भएको थियो । विहीबार रेखाको शव घरमा झुण्डिएको अवस्थामा फेला पर्‍यो ।

उनका अनुसार मृतक महिलाका पिता राजपतिले दिएको उजुरीपछि प्रहरीले पति अजय कुमार ससुरा मुन्नीलाल र सास राजवंतीविरुद्ध मुद्दा दर्ता कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

तीनै जनालाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रवक्ताले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी