३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितलाई बोस्टनवासीको ५५ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

m 1
– विजय थापा
वाशिंगटन डिसी । महाविनाशकारी भूकम्पबाट नेपालमा ठूलाे मात्रामा जनधनकाे क्षति भएकाेले भूकम्प पीडितकाे लागि सहयोग गर्ने अभिप्रायले वाेस्टनवासीका तर्फबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरूबाट संकलन गरिएको रकम नेपाली दुतावास मार्फत प्रधानमन्त्री उद्धार कोषमा जम्मा गर्ने गरि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की लाई हस्तान्तरण गरियो ।
 
नेपाल महाभूकम्प राहत कोष हस्तान्तरण समारोह बोस्टन’ नामक एक बिशेष कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदुत राजदुत कार्कीको बिशेष उपस्थितिमा संकलित जम्मा रकम ५४ हजार ९ सय ४२ डलर ६४ सेन्ट्स, करिब पचपन्न लाख रुपियाँ हस्तान्तरण गरियो ।
 
बोस्टन तथा न्युईङ्ल्याण्ड वरिपरि बसोबास गर्ने नेपाली,भुटानी,भारती,पाकिस्तानी बंगलादेशी ,श्रीलंकन तथा नेपाली अमेरिकन समुदायहरुले नैतिक समर्थनको साथै आर्थिक सहयोग गरेको जानकारी जीबिएनसीका पूर्व अध्यक्ष मिलन गुरुङले दिए भने  गुरुङले रकम संकलन कार्यमा जुझारु भूमिका निर्वाह गर्नु हुने सबैलाई धन्यवाद दिन चाहेको बताए ।
 
उक्त रकम संकलन हिमालयन बिस्ट्रो परिवार,सहयोगी हातहरु, अमित दिक्षित, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसि, पंकज खड्का, ग्रेटर बोस्टन नेपाली कम्युनिटी, हिमालयन लायन्स क्लब, केप कड नेपाली कम्युनिटी, बोस्टन लोक सुसेली समूह र पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यु इंग्ल्यान्डका पदाधिकारीहरु तथा बिभिन्न संघ संस्था संग आबद्ध व्यक्तिहरुको  बिशेष पहल र सक्रियतामा सफल हुन् सकेको जीबिएनसीका अध्यक्ष राम थापाले बताए l  
 
उक्त अवसरमा वाेस्टनका स्थानीय सरकारी प्रतिनिधि र ग्रेटर वाेस्टन स्थित नेपाली संघ संस्थाका पदाधिकारी तथा सर्वसाधारणकाे समेत उपस्थिति रहेको थियो l
 
रकम संकलन कार्यक्रम अझै जारी नै रहेको एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसीलाई बताउदै करिब एक लाख डलर सम्म पुग्ने सम्भावना रहेको बताए l
 
आर्थिक सहयोग संकलनको साथै बोस्टन पुगेका राजदुत डा कार्कीलाई बोस्टन निवासी एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसीको पहलमा राजदुत डा कार्कीले म्यासाचुसेट्सका बिभिन्न बिशिष्ट व्यक्तिहरु संग भेटघाट गर्नु भएको जानकारी केसीले दिएका छन्  ।
 
भेटघाटलाई तिब्र पार्ने क्रममा डा कार्कीले म्यासाचुसेट्सका गभर्नर चार्ली बेकर, राज्यका प्रतिनिधि डोनाल्ड वंग, अल्पसंख्य नेता ब्राडली जोन्स, यस्तै गरि म्यासाचुसेट्सका बाणिज्य क्षेत्रका नाम फाम, हन्टर एम रिचार्ड तथा अन्य संग भेट गर्नु  भएको छ l
 
यसै गरि बिश्व विख्यात हार्वर्ड बिश्व बिद्यालयका प्राध्यापक, डिन .एमआईटि तथा टफ्ट्स बिश्व बिद्यालयमा पनि भेटघाट राजदुत डा कार्कीले गर्नु भएको छ l
 
नेपाललाई कसरि दिर्घ कालिन रुपमा सहयोग गर्न सकिन्छ l र अमेरिकाले कुन क्षेत्रमा मदत गर्ने बिषयको साथै नेपाल संग सहकार्य गर्ने सम्बन्धि एक समुह पनि निर्माण गरिएको केसीले बताए l 
 
सूचना प्रबिधि ,इञ्जिनियरिङ्ग तथा अन्य क्षेत्रमा नेपाललाई कसरि अमेरिकन सरकारले सहयोग गर्न सक्छ भन्ने बिषयको साथै 

​​

अन्य बिबिध बिषयमा डा कार्कीले भेटघाटको क्रममा राख्नु भएको बताईएको छ l