क्वालालम्पुर, २२ जेठ । मलेसियाको बोर्नेओ राज्यमा शुक्रबार ६ रिक्टर स्केलको भूकम्प गएको समाचार छ ।
बोर्नेओ राज्यको किनाबले पहाडी इलाकामा गएको सो भूकम्पबाट सडक र भवनहरुमा शक्तिशाली कम्पनको महसूस गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
शक्रबार बिहान गएको शक्तिशाली भूकम्पबाट मलेसियाको माउन किनाबालु पहाड चढ्न लागेका ५ जनाको मृत्यु भएको छ । क्षतिको थप विवरण आउने क्रम जारी छ ।

सो भूकम्पबाट पहाडी इलाकामा कम्तीमा पनि चारजना घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् । यो प्रारम्भिक समाचार भएको भन्दै तर भूकम्पको सम्पूर्ण विवरण भने बाँकी नै रहेको बताइएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार स्थानीय समयाअनुसार शुक्रबार विहान सबेरै ७ः१५ बजे आएको सो भूकम्पको केन्द्रविन्दु सबाहको राजधानी कोटा किनाबुलुदेखि ५४ किलोमिटर पूर्वमा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । रासस/सिन्ह्वा















प्रतिक्रिया