३० आश्विन २०८३, शुक्रबार

फेसबुकमा स्टाटस लेखेर कोरियामा एक नेपाली युवा सम्पर्कबिहिन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sabin-limbu

– सज्जन कुमार सिंह

सउल । कोरियामा कार्यरत सबिन मादेङ्वा लिम्बू पाँच दिनदेखि सम्पर्क बिहिन भएका छन् ।

फेसबुकमा स्टाटस लेखेर उनी ५ दिनदेखि सम्पर्क बिहिन भएको उनकी दिदी सीता मादेङ्वाले जानकारी दिएकी छिन् । दिदीले फेसबुकमा स्टाटस लेखी कोरियाको सउलबाट भार्इ हराएकोले खोजी गरिदिन आग्रह गरेकी छिन् ।

इपिएस मार्फत १० महिनाअघि कोरिया आएका तेह्रथुम ओयाक्जुङका लिम्बु गत आइतबार बिहानदेखि सम्पर्क बिहीन भएका हुन । उनले अन्तिम पटक फेसबुकमा बा आमा र नेपाली बुबाआमा दाजुभाइ माफ पाउ भन्ने स्टाटस लेखेका थिए ।

आनसङ स्थित हाङगेल नामक बंगुर फर्ममा बिगत २ महिनादेखि काम गर्दै आएका लिम्बु हराएपछि उक्त क्षेत्रमा दैनिक ४० प्रहरीले तालिम प्राप्त कुकुरसहित खोजी गरिरहेका छन् ।

फर्म नजिकैको जंगलमा उनले प्रयोग गर्ने केही सामान भेटिएको छ ।