२९ आश्विन २०८३, बिहिबार

झापा-११ र नेपाल आर्मीबीच उपाधि भिडन्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football_super_finalबुटवल, २२ जेठ । बुटवलमा जारी अठारौँं तिलोत्तमा गोल्डकपअन्तर्गत विहीबार भएको खेलमा झापा–११ नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै विजयी भएको छ । यो जीतसँगै झापाले दोस्रो सेमिफाईनलमा नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आजको खेलमा मध्यान्तरसम्म दुबै समूहले गोल गर्न सकेनन् । मध्यान्तरपछिको १४औँ मिनेटमा झापा– ११ का गणेश खड्काले गोल नै निर्णायक भयो ।

यही जेठ २५ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताका विजयी टोलीलाई रु तीन लाख ७५ हजार एक सय ११ तथा उपविजेतालाई दुई लाख ५० हजार एक सय ११ नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा सोना रुपन्देही ११, कास्की ११, दार्जिलिङ ११ , नेपाल एपीएफ, नेपाल आर्मी, धरान फुटबल क्लब, नेपाल पुलिस ं र झापा ११ सहभागी छन् । रासस