३ कार्तिक २०८३, मंगलबार

बुहारीलाई गर्भ बोकाएपछि ससुरालाई नै पतिको दर्जा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahilaस्याङ्जा, २२ जेठ । बुहारीको गर्भलाई उनकै छोराको अवैध गर्न भन्न बाध्य पार्ने ससुरा अन्ततः बुहारीको पति ठहरिएका छन् ।

जिल्ला अदालत स्याङ्जाका जिल्ला न्यायाधीश चिन्तामणि बरालको एकल इजलासले शीतली गोदारका ससुरा तिलबहादुर गोदारलाई पति ठहर गरेको छ ।

शीतलीलाई तिलबहादुर मासिक ४ हजार रुपैपाँ खर्च र अंश दिनुपर्ने फैसला अदालतले गरेको छ ।

अदालको यो फैसला विगत डेढ वर्षदेखि नाता कायमसँगै अंश मुद्धा खेप्दै आएकी ४० वर्षीया शीतलीलाई न्याय मिलेको छ भने अबोध बालक छोरालाई राहत पुगेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

पति विदेश गएको बेला ससुरासँगको शारीरिक सम्बन्धपछि गर्भ रहेको र गर्भपतनका लागि ससुराले पोखरासम्म लिएर गएको शीतलीले बताइन् ।

सुसुरासँग अवैध सम्बन्धिपछि गर्भ रहेको बताउने शीतलीले अनुसन्धानकै क्रममा एकाएक बयान फेरेकी थिइन् ।

पुरानो बयान फेर्दैै उनले गर्भको बच्चा आफ्नै १४ वर्षे छोराको भनी अर्को बयान दिएकी थिइन् ।

तर यो बयान पत्याउनै नसकिने भएपछि करकापमा यसो भन्न बाध्य गराएको भन्दै वालिङवासीले आन्दोलन नै चर्काएका थिए ।

अबोध बालकमाथिको आरोपको विरोध गर्दै शीतलीको गर्भको सही छानविन गर्न माग गर्दै स्थानीयले आन्दोलन गरेका थिए ।