काठमाडौं,, २२ जेठ । भूकम्पले भवन भत्काइदिएपछि अहिले लाखौं विद्यार्थी त्रिपाल–कक्षामा विपत्तिका पीडा बाँडिरहेका छन्, विभागीय मन्त्री चित्रलेखा यादव भने श्रीमान र छोराछोरी लिएर विदेश शयरमा मस्त छिन् ।
‘विपदको बेला विदेश घुम्न नजान’ प्रधानमन्त्री सुशील कोइरालाले पटकपटक दिएको निर्देशन अवज्ञा गर्दै शिक्षामन्त्री यादव वैशाख १२ यता तीन देश घुमिसकेकी छन् ।
पहिलैेपटक जेठ १८ गते मन्त्रालयसँग असम्बन्धित महिलासम्बन्धि कार्यक्रममा भाग लिन डेनमार्ग पुगेकी उनी २४ गते मात्र फर्कदैछिन् ।
पछिल्लो भ्रमणकालागि मन्त्री यादवले गत बिहीबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री कोइरालासँग अनुमति मागेको नागरिक दैनिकले छापेको छ ।
‘प्रधानमन्त्रीले तपाईं यस्तो बेला नजानुस, शिक्षाक्षेत्र लथालिंग छ, त्यसको व्यवस्थापनमा लाग्नुस भन्नु भएको थियो’ बिहीबारको बैठकमा उपस्थित सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने,‘उहाँ प्रधानमन्त्रीलाई फकाउन थाल्नु भयो ।
मलाई त जानुहुन्न जस्तो लागेको थियो तर विपद्को बेला शिक्षाक्षेत्र लथालिंग छाडेर जानु भयो ।















प्रतिक्रिया