काठमाडौं, २२ जेठ । नेपाल वायुसेवा निगमले चिनियाँ जहाजबाट गर्ने आम्दानीको झन्डै आधा रकम बिमामा बुझाउने गरेको छ ।
यी जहाजको बिमा शुल्क उच्च भएको भन्दै निगमले घटाउन आग्रह गरे पनि चिनियाँ पक्षले चासो नदिँदा बिमा कम्पनीले महँगो शुल्क लिन छाडेको छैन ।
निगमले हाल राष्ट्रिय बिमा संस्थानमार्फत एक बेलायती कम्पनीमा बिमा गराइरहेको कारोबार दैनिकले छापेको छ ।
जोखिम बढी भए पनि बिमा शुल्क पनि उच्च हुने प्रावधानका कारण कम्पनीहरुले चिनियाँ जहाजबाट चर्को बिमा शुल्क असुल्ने गरेका छन् ।
स्पेयर पार्ट, तालिम तथा पाइलट दिन तयार भए पनि चिनियाँ पक्ष बिमा शुल्क घटाउने लबिङबाट पन्छिँदै आएको छ ।
निगमले वैशाख १२ सम्म बिमा रकम घटाइदिन आग्रह गरे पनि चिनियाँ पक्षले नटेरेपछि पुनः साउन ११ सम्मलाई भनेको छ ।
त्यसपछि बिमा शुल्क तिर्न नसक्ने उसले स्पष्ट पारेको छ ।















प्रतिक्रिया