काठमाडौं, २२ जेठ । काठमाडौं महानगरपालिकाले भूकम्पबाट क्षतिग्रस्त १५ सय घर तत्काल भत्काउनुपर्ने निष्कर्ष निकालेको छ ।
सहरको मुख्य क्षेत्रमा रहेका जोखिमपूर्ण घरलाई चाँडो भत्काउनुपर्ने उसले निष्कर्ष निकालेको हो ।
महानगरका प्रवक्ता शान्ताराम पोखरेलले सार्वजनिक स्थललगायत बाटोमा रहेका अति जोखिमपूर्ण घर तत्काल भत्काउनुपर्ने बताएको कान्तिपुर दैनिकले छापेको छ ।
महानगरको प्राविधिक टोलीले क्षतिग्रस्त घर तत्काल भत्काउनुपर्ने अध्ययन प्रतिवेदन दिएको छ ।
मानवीय क्षति कम गर्न भत्केका घरको भग्नावशेष हटाउनका लागि प्रथम चरणको प्रक्रिया सुरु भएको उनले बताए ।
‘४० वटा घर भत्काइसकेकाछौं, अन्य पनि भत्काउने प्रक्रियाअघि बढाएका छौं,’ उनले भने,‘ठूला घर भत्काउने हामीसँग उपकरण नै छैन ।’
१ हजारभन्दा बढी घरमालिकले आफ्नो घर भत्काउन माग गर्दै निवेदन दिएको उनले बताए ।















प्रतिक्रिया