३ कार्तिक २०८३, मंगलबार

नक्कली काम गर्नेलाई सक्कली प्रहरीले पक्राउ गर्दा चकित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sitaram-prasai-241x300काठमाडौं, २२ जेठ । नक्कली नागरिकताको आधारमा नक्कली जग्गा सिर्जना गरी धितो राखेर बैंकको झन्डै तीन करोड रुपैयाँ ठगी ठगी गरेको आरोपमा सीताराम प्रसाईं पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाई सहित तुलसी उप्रेती र कञ्चन पराजुलीलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।

हुँदै नभएको ब्यक्तिको नाममा नागरिकता बनाई सोही नागरिकताको आधारमा सिमरामा हुँदै नभएको जग्गाको जग्गाधनी पूर्जा बनाएर त्यसैलाई बैंकमा राखेर २ करोड ८० लाख कर्जा निकालेर अपचलन गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एसपी विश्वराज पोखरेलका अनुसार उनीविरुद्ध २ वर्ष अगाडि नै परिसरमा कीर्ते तथा ठगीमा उजुरी रहेको नागरिक दैनिकले छापेको छ । सोही उजुरी कार्यान्वयनको सिलसिलामा उनी बिहीबार पक्राउ परेका हुन् ।

तत्कालीन घरेलु तथा साना उद्योग विकास बैंक डुबेपछि मनकामना विकास बैंक हुँदै यती विकास बैंकका अध्यक्ष बनेका प्रसाईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान र कारवाही प्रक्रिया अगाडि बढाएको थियो।