३ कार्तिक २०८३, मंगलबार

एमाओवादीको सहयोगमा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli Briefs Mediaकाठमाडौं, २२ जेठ । सत्ता साझेदार एमालेले संविधानका अन्तरवस्तुमा सहमति भएलगत्तै प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा गर्नुपर्ने दबाब दिएको छ।

कांग्रेसलाई सत्तामा डेढ वर्ष साथ दिएको एमालेले संविधानका अन्तरवस्तुमा दलहरू सहमतिनजिक पुगेपछि अबको सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ।

कांग्रेससँग भएका पछिल्ला वार्ताहरूमा एमालेले संविधानका अन्तरवस्तुमा सहमति भएलगत्तै प्रधानमन्त्रीले राजीनामा गरेर राष्ट्रिय सहमतिको सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने नयाँ माग राख्दै आएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सत्ता समीकरणमा प्रमुख प्रतिपक्षी दल एमाओवादीसँग नजिकिएपछि एमालेले कांग्रेसलाई सरकारको नेतृत्व छोड्न दबाब दिएको हो।

एमालेको यस्तो मागलाई प्रतिपक्षी एमाओवादीले पनि साथ दिएको छ।