२९ आश्विन २०८३, बिहिबार

नेपालपछि अफगानिस्तानमा पनि भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampa-Aaffaganistanकाठमाडौं, २१ जेठ । नेपालमा विनाशकारी भूकम्पपछि निरन्तर परकम्पनहरु आइरहेका बेला अफगानिस्तानमा पनि भूकम्पका धक्का महसुस भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विहीबार अफगानिस्तानको हिन्दूकुशमा भूकम्पको धक्का महसुस गरिएको हो । जानकारी अनुसार अफगानिस्तानको केन्द्रविन्दु भएर गएको भूकम्प धक्का ४ दशमलब ४ रेक्टर स्केलमा महसुस गरिएको हो ।

यो भूकम्पबाट केहीबेर हिन्दूकुशमा जमिन हल्लिएपनि धनजनको कुनै क्षति नभएको बताइएको छ । यसअघि भारतको उत्तराखण्डमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

नेपालमा भूकम्पका परकम्पन आउने क्रम कम भइरहेका बेला अन्य देशमा भने धक्काहरु महसुस हुन थालेका हुन् । एजेन्सी