काठमाडौं, २१ जेठ । निर्माणाधिन भवनको सेफ्टी ट्यांकीभित्र छिर्दा पाँच जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार कपिलवस्तुको निग्लीहवा ७ पचेहरामा स्थानीय प्रकाश केवटको निर्माणाधिन घरमा सेफ्टी ट्यांकीको स्टरिङ्ग निकाल्दै गर्दा भित्र छिरेका पाँचै जना मजदुरको मृत्यु भएको हो ।
ट्याक्की भित्र छिर्दा बाणगंगा नगरपालिका ४ हथौसा बस्ने भदै थारु, रमेश पासी, तौलेश्वर थारु, तिलक थारु र बाणगंगा ४ बस्ने शिवनारायण यादवको निसास्सिएर मृत्यु भएको कपिलबस्तुका प्रहरी प्रमुख एसपी विक्रम गुरुङले जानकारी दिनुभयो ।
सेफ्टी ट्याकीभित्र छिरेका उनीहरुलाई प्रहरीले उद्दार गरी अस्पताल लगेको र अस्पतालमा मृत घोषणा गरिएको एसपी गुरुङले बताउनुभयो । प्रहरीले पाँचै जनाको शवलाई परिवारको जिम्मा लगाउने तयारी गरिरहेको छ ।












प्रतिक्रिया