काठमाडौं, २१ जेठ । नेपालमा भूकम्प आउने क्रम नरोकिएको बेला भारतमा भूकम्पको धक्का महसुस भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार राति भारतको देहरादुनमा भूकम्पको धक्का महसुस गरिएको हो । देहरादूनको रूद्रप्रयागमा पनि स्थानीयहरुले भूकम्पको धक्का महसुस गरेका छन् ।
देहरादुन केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ दशमलब १ रेक्टर स्केलमा महसुस भएको बताइएको छ ।
भूकम्पको धक्का महसुस भएपछि अब ठूलो धक्का आउन सक्ने भन्दै सरकारले सतर्कता अपनाउन आम नागरिकमा अपिल गरेको छ । जोखिम क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । एजेन्सी
















प्रतिक्रिया