३ कार्तिक २०८३, मंगलबार

टालटुल गरेर सपिङ मलहरू खुल्न सुरू, उपभोक्ताको ज्यान जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CITY-CENTERकाठमाडौं, २१ जेठ । परकम्पहरू आउने क्रम जारी रहँदा दैनिक हजारौं मानिस आउने सपिङ मलहरू खुल्न थालेका छन्।

महाभूकम्पले केही नभएका मलहरू खुल्नु स्वाभाविक हो तर भवनका भित्ता क्र्याक भएका र पिलरसमेत क्षति भएका राजधानीका केही मलहरू पनि खुल्दा सर्वसाधारणको ज्यान जोखिममा रहेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

सरकारले आफूखुसी मर्मत गरेर सञ्चालन गर्न नपाइने सार्वजनिक सूचना जारी गरेको छ तर मल सञ्चालकहरू सूचनाविपरीत काम गरिरहेका छन्।

गोंगबुमा रहेको कान्तिपुर मल र चाबहिलमा रहेको केएल टावर भूकम्पले आफैं जोखिममा छन्। तिनमा दैनिक आउने ग्राहक र पसले पनि उत्तिकै जोखिममा छन्।

विशालबजार, चाइना टाउन, काठमाडौं मल, कमलपोखरीमा रहेको सिटी सेन्टर, भाटभटेनीलगायत केही मलमा केही क्षति पुगेको छ।

क्षति पुगेकामध्ये सुन्धाराको १२ तले सीटीसी मल र सिभिल मल अझै खुल्नसकेका छैनन्।