३ कार्तिक २०८३, मंगलबार

कोइराला सरकार विस्थापित गर्न एमालेका मन्त्रीले सामूहिक राजीनामा दिने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, २१ जेठ । संविधान निर्माण र भूकम्पबाट भएको क्षति पुनःनिर्माणका लागि वर्तमान सरकार परिवर्तन आवश्यक भएको भन्दै नेताहरू तीब्र गतिविधिमा लागेका छन्।

एमाले र एमाओवादीका नेताहरूले यो सरकार असफल भइसकेको र यसले ब संविधान निर्माण र भूकम्पबाट भएको पुनर्निर्माण गर्ने हैसियत नराख्ने निष्कर्ष निकालेका छन्।

केही सन्दर्भमा संविधानसभामा रहेका चार प्रमुख शक्तिबीच कुरा भइरहेको तर कुरा नमिलिरहेको अवस्थामा एमाले र एमाओवादीबीच गम्भीररूपमा कुरा हुन थालेको छ। एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने गरी एमाले र एमाओवादी लागेको राजधानी दैनिकले छापेको छ ।

लामिम्पाटस्थित एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बुधबार भएको भेटवार्तामा सुशील कोइराला नेतृत्वको सरकारलाई विस्थापित गरी नयाँ सरकार गठनका विषयमा छलफल भएको स्रोतले जनाएको छ।

एमाओवादी अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता नेपाल र एमाओवादीकै वरिष्ठ नेता डा बाबुराम भट्टराईबीच गोप्य कुरा भएको थियो।

उनीहरूबीच कांग्रेस राष्ट्रिय सहमतिको सरकारका लागि तयार नभएमा एमालेका मन्त्रीहरूले आवश्यक परे सामूहिक राजीनामा दिनेसम्मको कुरा भएको बुझिएको छ।