काठमाडौं, २० जेठ । गन्तव्यमा गइरहेको एक एयरफोर्सको फाइटर जहाज बुधबार दुर्घटनामा परेको छ ।
भारतको कलिकुन्डा एयर फोर्स स्टेशनबाट उडेका तीन जहाजमध्ये एक जहाजमा अकस्मात इन्जिनमा आगो लागेर दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
इन्जिनमा आगो लागेपछि पाइलटले प्यारासुटबाट हाम फालेका थिए । हाम फालेपछि पाइलट घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
एयरफोर्सको ए-३४९२ जहाज स्थानीय किसानको धानबारीमा खसेको थियो । एजेन्सी















प्रतिक्रिया