२९ आश्विन २०८३, बिहिबार

युरोप भ्रमणमा रहेका भारतीय राष्ट्रपति ठूलो दुर्घटनाबाट बचे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pranab-mukherjee

स्टकहोम, २० जेठ । स्विडेनको भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको गाडीहरुको समूह सडक दुर्घटनामा पर्दा नौ जना घाइते भएका छन् ।

मङ्गलबार राष्ट्रपति मुखर्जी उपसाला विश्वविद्यालयमा आयोजित कार्यक्रममा भाग लिन त्यसतर्फ गइरहेको समयमा भएको दुर्घटनामा उहाँ तथा अन्य उच्चपदस्थ अधिकारीलाई चोट नलागेको उपसालाका प्रहरी प्रवक्ता क्राइस्टर नोर्दस्ट्रमले बताउनुभयो ।

राजमाग छोडेको केही समयपछि नै गाडीहरुको समूहका चार कार एकआपसमा ठक्कर खएको नोर्दस्ट्रमले बताउनुभयो ।

उपसाला स्टकहोमबाट ६५ किलोमिटर उत्तरमा अवस्थित छ र राष्ट्रपति मुखर्जी स्विडेन भ्रमणको अन्तिम दिनमा उक्त क्षेत्रको भ्रमणमा पुग्नुभएको हो ।

दुर्घटनाले राष्ट्रपति मुखर्जीको कार्यक्रममा प्रभाव नपारेको र उहाँ मङ्गलबार स्विडेनबाट प्रस्थान गर्नुभएको जानकारी दिइएको छ । एजेन्सी