काठमाडौं, २० जेठ । भारत सरकारका एक मन्त्रीको घरमा बम भेटिएको छ ।
भारतको चन्द्रबाबू नायडू राज्य सरकारका महिला एवं बाल कल्याण मंत्री पीतला सुजाताको घरमा बम भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बम राखिएको झोलाभित्र प्रहरीले १० लाख रुपैयाँ समेत फेला पारेको छ । बम भेटिएपछि मन्त्री सुजाताले आफै खबर गरेर प्रहरीको डिस्फोजल टोलीलाई घरमा बोलाएकी थिईन् ।
प्रहरीको टोलीले चेकजाँच गर्दा आवास क्षेत्रमा तारहरु बेरिएको झोलामा विस्फोटक पदार्थ र १० लाख रुपैयाँ फेला पारेका थिए ।
मन्त्रीको घरमा भेटिएको विस्फोटक पदार्थलाई प्रहरीले सुरक्षित स्थानमा विस्फोट गरेको छ । भने १० लाख रुपैयाँ बरामद गरेको छ । उक्त १० लाख रुपैयाँ कस्को र कहाँबाट आयो ? भनेर प्रहरी गभ्मीर अनुसन्धान गरिरहेको छ । एजेन्सी















प्रतिक्रिया