१६ कार्तिक २०८३, सोमबार

१ घण्टामै नेपालमा फेरि दुई भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktmकाठमाडौं, २० जेठ । भूकम्प आउने क्रम विस्तारै कम हुँदै गइरहेका बेला बुधबार नेपालमा १ घण्टामै दुईवटा भूकम्प गएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार मंगलबार दिउँसो सिन्धुपाल्चोक र दोलखामा १ घण्टामै दुई वटा भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्ला समेत महसुस भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आज दिउँसो १ बजेर ३७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै, सिन्धुपाल्चोकमा धक्का महसुस भएको एक घण्टा नबित्दै दोलखामा पनि भूकम्प गएको छ ।

केन्द्रका अनुसार दोलखामा २ बजेर ३९ मिनेटमा ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस भएपछि दोलखा र सिन्धुपाल्चोकका स्थानीय झनै त्रसित बनेका छन् । हेर्नुस तालिका :

Earth-quake-table