३० आश्विन २०८३, शुक्रबार

महाभूकम्पको ३९ दिनमा भेटियो सिन्धुपाल्चोकमा प्रेमीको शव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Melamchi

मेलम्ची, २० जेठ । वैशाख १२ को भूकम्पपश्चात् मेलम्ची बजारबाट हराइरहेका एक व्यक्तिको शव ३९ दिनपछि बुधबार भेटिएको छ ।

रौतहट जिल्लाको अकोलवा गाविस–३ स्थायी घर भएका अमिरी साह कानुका छोरा ६० वर्षीय प्रेमी साह कानुको शव बुधबार बिहान निकालिएको हो ।

प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा बुधबार बिहान मेलम्ची नगरपालिका–६ को भित्री गल्लीका चारवटा घर एकै ठाउँमा भत्किएको भग्नावशेष हटाउँदा उनको शव भेटिएको थियो । प्रहरीका अनुसार, मृतककी श्रीमती मनिरखा देवीलाई सद्गतका लागि शव बुझाइएको छ ।

मृतक कानु हराएको सम्भावित स्थानमा नेपाल प्रहरी, नेपाली सेना, अल्जेरियाली उद्धार टोली तथा स्थानीय बासिन्दाले पटकपटक खोजीकार्य गर्दा पनि भेटन सकेका थिएनन् । उनी विगत लामो समयदेखि मेलम्ची बजारमा मसलाको व्यापार गरी बस्दै आएका थिए ।