२९ आश्विन २०८३, बिहिबार

भूकम्पपीडितलाई लुम्बिनी प्रवासी मञ्चको आठ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lumbani-onf-saudi

साउदी अरब । नेपालका भूकम्प पीडितलाई लुम्बिनी प्रवासी सम्पर्क मञ्च साउदी अरबले आठ लाख रुपैयाँ सहयोग गरेको छ ।

बिनाशकारी भूकम्पले नेपालमा पुर्याएको क्षति र पीडीत बनेका नेपालीहरूको दुःखद घडीमा प्रदेशबाट पनि केहि सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यले मञ्चले सहयोग गरेको हो ।

साउदी अरबस्थित नेपाल राजदूतावासमा उद्दार कोष गठन गरी मञ्चका पदाधिकारी टोप बहादुर कार्की र बिरेन्द्र कुमार चौघरीको अगुवाईमा भूकम्प पीडितका लागि राहत संकलन गरी बुधबार प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा ४ लाख ५२ हजार ३ रुपैयाँ जम्मा गरिएको हो ।

यस्तै, नेपालमा रहेका बिभिन्न संघ सस्था मार्फत पीडित समक्ष सहयोग पुगोस भन्ने हेतुले ३ लाख ७ हजार १३३ रुपैयाँ सहयोग समेत पठाइएको छ ।

मञ्चले संकलित रकममध्ये साउदी अरबमा रहेका नेपाली भूकम्प पीडितलाई पनि नगद ३६ हजार ३२५ रुपैयाँ सहयोग गरेको कोषध्यक्ष टोप बहादुर कार्कीले जानकारी दिनुभयो ।

भूकम्प पीठितलाई गठित उद्दार कोषमा कुल ७९ लाख ६२ हजार २११ रुपैयाँ संकलन भएको थियो । उक्त रकमबाट नेपाली राजदूतावासको रहोवरमा नेपाललाई भूकम्प पीडितलाई सहयोग गरिदै आएको छ ।