काठमाडौं, २० जेठ । १५ जनाको हत्याको अरोपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीका सांसद जेल चलान भएका छन् ।
अदालतले १७ वर्ष पुरानो प्रहरी फायरिङ र पाँच जनाको हत्यासँग जोडिएको मुद्दामा मंगलबार फैसला गर्दै भारतीय जनता पार्टीका सांसद र दुई पूर्व सांसदसहित १५ जनालाई दोषी ठहर गरेको छ ।
अदालतको फैसलापछि भाजपा सांसदसहित १५ जनालाई जेल चलान गरिएको छ । सजायँको फैसला विहीबार हुँदैछ ।
दोषी ठहरिएका व्यक्तिमा पूर्व सांसद नवल राय, अनवारुल हक, भाजपाका सांसद रामनरेश यादव, शिवहरका कांग्रेस जिल्ला अध्यक्ष मो. असद, राजद नेता मनोज कुमार र मोहन सिंह प्रमुख छन् ।
यो घटनामा जम्मा ७२ व्यक्तिमाथि आरोप लागेको थियो । अदालतले मंगलबार १५ जनालाई हत्याको प्रयास, जानेर बूझेर खतरनाक हतियार परिचालन गरेको र दंगा फैलाएर निर्दोष नागरिकको हत्या गरेको अरोपमा दोषी ठहर गरेको हो । ४५ जनालाई प्रमाणको अभावमा अदालतले रिहा गरेको छ । एजेन्सी
















प्रतिक्रिया