२९ आश्विन २०८३, बिहिबार

मुस्लिम ब्रदरहुडका दुई वरिष्ठ नेता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Muslim_Brotherhood_कायरो, २० जेठ । इजिप्टमा मुस्लिम बदरहुडका दुई वरिष्ठ नेता पक्राउ परेका इजिप्टका एक सुरक्षा अधिकारीले जनाएका छन् ।

ती सुरक्षा अधिकारीका अनुसार वरिष्ठ धार्मिक पादरी अब्देल रहमान इल-बार र ब्रदरहुडका पूर्व प्रवक्ता मोहमुद गोज्लान सोमबार पक्राउ परेको जनाइएको छ ।

इजिप्टमा सन्् २०१३ मा इस्लामिक राष्ट्रपति मोहमद मोर्सी सैनिकद्धारा अपदस्थ गरिएपछि ८७ बर्ष पुरानो मुस्लिम बदरहुड पार्टी माथि नै भीषण दमन सुरु भएको छ ।

मुस्लिम बदरहुडका विरुद्धमा लाखौ व्यक्तिले प्रदर्शन गरेपछि उहाँलाई अपदस्थ गरिएको थियो ।

हाल उहाँ जेलमा हुनुहुन्छ भने इजिप्टमा सैनिक शासन कायम रहेको छ ।

मृत्युदण्डको सजायसम्बन्धी फैसला

यसैबीच इजिप्टको राजधानी कायरोबाट प्राप्त अर्काे एक समाचारअनुसार इजिप्टका पूर्व राष्ट्रपति मोहमद मोर्सीको मृत्युदण्डसम्बन्धी फैसला सारिएको छ ।

इजिप्टको अदालतले मङ्गलबारका लागि सो फैसलाको म्याद दिएको थियो । यस अदालतले प्रारम्भिक रुपमा उहाँलाई मृत्युदण्डको सजाय सुनाएको भएपनि आज अन्तिम फैसला दिने भनेको थियो ।

उहाँलाई सन् २०११ मा तत्कालीन सरकारका विरुद्धमा भएको जनआन्दोलनका क्रममा जेल तोडेको आरोप लगाइएको छ ।

सोही आरोपमा उहाँलाई मृत्युदण्डको सजाय सुनाइएको हो । उहाँलाई गत महिना यो सजाय सुनाइएको हो ।

अदालतले यस विषयमा अन्तिम फैसला दिन बाँकी रहेको छ । उक्त अदालतले सो फैसला यही जुन १६ का लागि सारेको बताइएको छ । रासस÷एपी÷सिन्ह्वा