१६ कार्तिक २०८३, सोमबार

हुम्लामा ४.७ रेक्टरको नयाँ भूकम्प

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, २० जेठ । नेपालमा आएको गोरखा भूकम्पपछि हुम्लामा नयाँ भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार मंगलबार राति ८ बजेर ३३ मिनेट हुम्ला केन्द्रविन्दु भएर ४ दशमलब ७ रेक्टर स्केलको भूकम्पको कडा धक्का महसुस भएको हो ।

हुम्ला भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

गोरखा भूकम्पपछि यो भूकम्प नयाँ हो । गत वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पपछि पूर्वी क्षेत्रमा भूकम्प आउने क्रम जारी रहेका बेला पश्चिम क्षेत्र ४.७ रेक्टर स्केलको नयाँ भूकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

हुम्ला भूकम्पपछि आज विहान सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Humla-bhukampa