काठमाडौं, २० जेठ । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल एक इमान्दार अफिसर मानिन्छन् ।
केही समय पहिले काठमाडौं प्रहरी प्रमुख हुँदा अपराधीको निद्रा हराम गरेका एसएसपी खरेललाई केही महिनामै क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवनमा सरुवा गरियो ।
काठमाडौंमा नेतासँग नजिक नामुद ‘गुण्डा’लाई समेत कारवाहीको घेरामा ल्याएका एसएसपी खरेलप्रति जनताको विश्वास र भरोसा बढ्यो । तर नेताहरुलाई त्यो कारवाही पटक्कै मन परेन् ।
काठमाडौंमा दिनप्रतिदिन अपराधीको कठालो समातेर जेल हाल्न थालेपछि नेताहरुलाई आपत भयो । नेताका सहयोगीहरु पनि धमाधम जेल पर्न थालेपछि अप्ठेरोमा पर्ने डरले एसएसपी खरेललाई काठमाडौंबाट हटाउन प्रयास सुरु भएको थियो ।
तर एसएसपी खरेललाई हटाउन त्यती सजिलो थिएन् । त्यही बेला एउटा सार्वजनिक कार्यक्रममा अतिथि बनेर गएका एसएसपी खरेलले यथार्थ तर संगठनको मर्यादा विपरित विवादास्पद कुरा बोले । त्यो विषयले एसएसपी खरेल संगठन तथा नेताको कारवाहीमा आफै परे ।
त्यहीकारण उनलाई चितवनमा सरुवा गरियो । हाल चितवनको क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा रहेका एसएसपी खरेलले मातहतका प्रहरी जवानलाई तालिम दिने काम गरिरहेका छन् ।
अपराध नियन्त्रणमा सफल अधिकृतलाई नेपाल प्रहरीले तालिम केन्द्रको जिम्मा लगाएपछि काठमाडौंमा ‘गुण्डा’हरु खुलेयाम हिँडिरहेका छन् । दैनिक नेपालसँग कुराकानी गर्दै एसएसपी रमेश खरेल भन्छन्-‘अहिले मातहतका प्रहरी अधिकारीलाई तालिम दिइरहेको छु, अपराध नियन्त्रणको जिम्मेवारी मलाई दिइएको छैन्, प्रहरी संगठनका सबै प्रकारका तालिम दिँदै बसिरहेको छु ।’
तपाईले काठमाडौं छाडेपछि अपराध बढ्यो भन्छन नी ? भन्ने प्रश्नमा उनले भने-‘त्यो कुरा संगठनलाई थाहा होला । मैले संगठनले दिएको जिम्मेवारी पूरा गर्ने हो ।’
उनले तालिम केन्द्रमा मातहका प्रहरी निरीक्षक, सहायक निरीक्षक र जवानलाई सबै प्रकारका तालिम दिने गर्छन् ।















प्रतिक्रिया