काठमाडौं, २० जेठ । थाई राजालाई दीक्षा र राज्याभिषेक दिने बुद्धधर्मका बडागुरु सोमडेच फ्रा महामंगलाचान एयर एसियाको विमान चार्टर गरी नेपालका भूकम्पपीडितलाई राहत दिन एक सय ५० जनाको टोली लिएर मंगलबार काठमाडौं आएर फर्किए ।
उनी ८ घन्टा नेपाल बसेर भूकम्पपीडितलाई राहत वितरण गरी मंगलबार साँझ नै थाइल्यान्ड फर्किएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
बडागुरु महामंगलाचानका साथमा थाई सूचना तथा प्रविधिमन्त्री, पूर्वमन्त्री र वरिष्ठ धर्मगुरुहरू थिए।
उनी बुद्धधर्मको थाइल्यान्डको सर्वोच्च निकायका राजगुरु हुन्।
मंगलबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका धर्मगुरु महामंगलाचान त्यहाँबाट सोझै धर्मस्थली पुगेर भूकम्पपीडितलाई राहत वितरण गरे।
उनी थाइल्यान्डमा मनाइने बुद्धपूर्णिमाको अवसर पारेर भूकम्पपीडितलाई राहत बाँड्न नेपाल आएका हुन्।
थाइल्यान्डको परम्पराअनुसार मंगलबार बुद्धपूर्णिमा हो।















प्रतिक्रिया