३० आश्विन २०८३, शुक्रबार

बैदेशिक रोजगारीका लागि कुवेत गएका नेपालीको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidesh-abroadउर्लाबारी, १९ जेठ । कुवेतको गल्फ कन्सल्ट कम्पनीमा कार्यरत मोरङ उर्लाबारी–९ का ४० वर्षीय छविलाल पौडेलको सोमबार सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

बिहान १० बजे कम्पनीको काम गर्ने क्रममा गाडीले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।

विगत १६ वर्षदेखि कुवेतमा कार्यरत उनी १३ वर्षसम्म अल मुसारी कम्पनीमा काम गरी तीन वर्षदेखि गल्फ कन्सल्ट कम्पनीमा कार्यरत रहेका थिए ।

मृतकको शव परीक्षणका लागि त्यहाँको एक अस्पतालमा राखिएको नेपाल कुवेत सांस्कृतिक मञ्चका अध्यक्ष माधव शर्माले बताउनुभयो । मृतक पौडेल जनसम्पर्क कुवेतका क्रियाशील सदस्य हुनुहुन्थ्यो । रासस