३० आश्विन २०८३, शुक्रबार

काठमाडौँमा एमाले स्वयमसेवकलाई ‘ठेकेदारको मान्छे’ भन्दै थर्काएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Campign3

– विश्वास खड्काथोकी

काठमाडौं, १९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सिधै भाषण गर्न मानेनन् । पहिला एमाले कार्यकर्ताले निर्माण गरेको घर हेरे । दुई वटा घरको साँचो घरधनीलाई बुझाए अनि मुसुक्क हाँस्दै अगाडि बढे ।

UML-Campign-KP-Oli-Bishnu-Paudel

चारैतिर राता बस्त्रधारी देखिन्थे । रातो ज्याकेटमा रातै सूर्य अंकित नेकपा एमालेको लोगो थियो । अनि टाउकोमा निलो टोपी । उनीहरुले जेठ १० गतेदेखि राजधानीस्थित बोहराटारमा स्थानीयसँग मिलेर १३ वटा घर निर्माण गरिसकेका छन् । त्यही घरहरु हस्तान्तरण गर्नका लागि मंगलबार अध्यक्ष ओलीसहित, एमालेका उपमहासचिव विष्णु पौडेल पनि पुगेका थिए ।

UML-Campign1

त्यहाँ पुगेर ओली राजनीतिक कुरा गर्नुभन्दा पनि आफ्ना स्वयंसेवकहरुको हौसला बढाउनमा बढी केन्द्रित भए । उनले भने, ‘हामीसँग, सम्पत्ति छैन, पैसा छैन, तर मन छ, हिम्मत छ, अठोट छ, उत्साह, आत्मविश्वास छ । यी घरहरु पैसाले होइन, मनले गराएका हुन् ।’ ओलीका कुरा सुन्न स्टेज अगाडि राता बस्त्रधारी स्वयमसेवकसँगै स्थानीय पनि उभिएका थिए । उनीहरुलाई देख्दा लाग्थ्यो, सेक्युरिटी गार्डका ड्युटी गरिरहेका छन् ।

अध्यक्ष ओलीले सरकारसँग पनि केही अपेक्षा राखे, ‘हामीले आफै त यति धेरै घर निर्माण गरेका छौँ, सरकारले जस्तापाता मात्र देओस्, दशौं हजार घर निर्माण गर्न सक्छौ ।’

‘मानिसहरुले बदमासी गरेको खबरहरु पनि समाचारमा आइरहेका छन्, त्यसो नगर्नुहोस्, त्यो एमालेको काम होइन । बरु राहत घर, घरमा पुर्‍याइदिनुस्’, ओलीले स्वयंमसेवी कार्यकर्ताको हौसला बढाउँदै थपे, ‘तपाईँहरु हातमा पञ्जा, मुखमा माक्स लगाउनुस्, काम गर्नुस् ।’

UML-Campign-Surya-Thapa1

नेकपा एमालेका स्वयंसेवकहरुले क्षेत्र नं. ७ मा मात्र १ सय ३ वटा घर र चार वटा विद्यालय निर्माण गरिसकेका छन् । जसका लागि करिव डेढ सय स्वयमसेवकहरु परिचालित थिए । स्वयंसेवक अभियानका लागि एमाले काठमाडौँ ७ का इन्चार्जका रुपमा खटिएका एमाले पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले दैनिक १२ घण्टासम्म खटिएर स्वयमसेवकहरुहरुले टहरा निर्माण गरेको बताए ।

नयाँ घर पाएपछिको खुसी

बोहराटारका चन्द्र नगरकाटीको घर गत वैशाख १२ गतेको भूकम्पले तहसनहस पारिदियो । त्यसपछि नगरकोटीको चार जनाको परिवार त्रिपालको ओट लागेर बसे । उनीहरु सानो हुरी र झरी पर्यो भने पनि निकै तर्सिन्थे ।

UML-Campign2

नगरकोटी भन्छन्, ‘एक पटकको हुरीले त प्लास्टिक, त्रिपाल सबै च्यातिदियो । रातभर रुझेर बस्यौं ।’ अहिले उनलाई नेकपा एमालेले जस्ताको टहरा उपहार दिएको छ । यसबाट उनी निकै खुशी छन् । भन्छन्, ‘हामीजस्तालाई घर निर्माण गरिदिएर धेरै राहत भएको छ । अब त हावा, हुरी, झरी, भूकम्प कसैको डर छैन ।’ उनले घर पेन्टिङ गर्ने काम गर्छन । दुई वर्षभन्दा बढी यही टहरामा बिताउने सोच बनाएका छन् । भन्छन्, ‘म एउटा सामान्य मान्छे हुँ । दुई वर्षपछि बिस्तारै घर बनाउन शुरु गर्नुपर्ला ।’

घर बनाउँदा थर्काए

जेठ १० गतेदेखि बोराटारमा एमालेका स्वंयमसेवी कार्यकर्ताले टहरा निर्माण गरिरहेका छन् । स्याङ्जा, काठमाडौं सम्पर्क समितिका अध्यक्ष मोहन केसी पनि १० गतेदेखिनै टहरा निर्माण कार्यमा खटिएका छन् ।

UML-Campign5

उनी भन्छन्, ‘हामीले यहीँका केही डकर्मीहरुसँग काम गरिरहेका छौं, उहाँहरुले ढुंगाले भने ढुंगा ल्याउँछौ, काँटी ठोक्न भने काँटी ठोक्छौँ ।’ उनीहरु १० गते एमालेको लागो नलगाइकन टहरा निर्माण कार्यमा लाग्दा स्थानीयबासीले शंका गरेछन् । कोही ठेकेदारले काम गर्न पठाएको होला भन्ने सम्झेर सहयोग पनि गरेनछन् । जब उनीहरुले भोलिपल्टबाट एमालेको सूर्य अंकित ज्याकेट र टोपी लगाए त्यसपछि भने स्थानियहरुले निकै साथ दिए ।

UML-Campign4

केसीले रमाइलो घटना सुनाए, ‘हामीहरु पहिलो दिन काम गर्दै थियौँ । एक जना घरबेटीले थर्काउन थाल्नुभयो । त्यो घर किन नभत्काएको ? यो काम किन नगरेको ? भन्दै थर्काउनुभयो । उनलाई हामी स्वयंसेवी भएर टहरा निर्माण गर्न आएको भन्ने थाहा रहेनछ । पछि हामीले जानकारी गराएपछि ‘ए मैले त कुनै ठेकेदारले पठाएको होला भन्ठानेको’ भन्नुभयो, उहाँको जबाफ सनेर हामी सबै हाँस्यौँ ।’UML-Campign-Surya-Thapa