२९ आश्विन २०८३, बिहिबार

चङ्गाले लागेर ठहरै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

changaटोकियो, १९ जेठ । जापानको राजधानी टोकियोमा मङ्गलबार सञ्चालित चङ्गा प्रतियोगितामा उडाइएको एक चङ्गा अकस्मात भूईँमा खसेर लाग्दा एकजना व्यक्तिको ज्यान गएको समाचार छ ।

चङ्गा प्रतियोगितामा उडाइएको सो चङ्गा अन्यको अनुपातमा वजनदार रहेको र आकासमा उडेको चङ्गा अकस्मात भईंमा खस्दा यो दुर्घटना भएको हो ।

उक्त चङ्गा प्रतियोगिता हेर्न त्यहाँ पुगेका दर्शकको चङ्गाले लागेर ज्यान गएको हो । घाइते भएका पनि दर्शक नै रहेको बताइएको छ ।

उक्त प्रतियोगितामा ७०० किलोग्रामको चङ्गा उडाइएको थियो । सो चङ्गा अकस्मात् खसेपछि त्यहाँ रहेका एकजना व्यक्तिको ज्यान गएको र उनीसँगै रहेका अरु चारजना नराम्ररी घाइते भएका छन् ।

मध्य जापानको हिगासियोमी नगरमा आयोजित सो प्रतियोगिता ठूला चङ्गा उडाउने प्रतियोगिता हो । हरेक वर्ष गरिने यस प्रतियोगितामा यसपटक पनि निकै ठूला चङ्गाहरु उडाइएका थिए ।

प्राप्त समाचारमा जनाइएअनुसार सो प्रतियोगितामा उडाइएको उक्त चङ्गा ७०० किलोग्राम वजनको थियो । त्यस्तै सो प्रतियोगितामा प्रयोग गरिएको सो चङ्गा १३ मिटरसम्म लामो थियो ।

स्थानीय पत्रपत्रिकाले मारिने ती व्यक्ति ७३ वर्षीय जुनिची योशी भएको बताएका छन् । साथै घाइते हुनेमा एकजना सात वर्षीय बालक पनि रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त नगरका मेयर मासाकियो ओगुराले उक्त प्रतियोगिताका लागि सुरक्षाको मापदण्ड त्यति मजबुद नभएको स्वीकारेका छन् ।

उनले सोमबारको नगरसभामा बोल्दै भने– हामीले उक्त प्रतियोगितामा आवश्यक सुरक्षा मापदण्ड अपनाउन नसकेकोमा म सबैसँग माफी चाहन्छु । हामीले सुरक्षाको प्रबन्ध बलियो बनाउन नसकेकोमा मैले नगरवासी तथा उक्त प्रतियोगिता हेर्न आएका सबैजनासँग माफी चाहन्छु– उनले भनेका छन् ।

यो घटनालाई एक व्यावसायिक लापर्बाहीका रुपमा लिँदै प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको जनाएको छ । ठूला चङ्गा प्रतियोगिता जापानको लागि नयाँ होइन ।

यसअघि पनि यस्ता प्रतियोगितामा कयौँ व्यक्ति घाइते भएका घटना हुने गरेका सञ्चारमाध्यमले जनाएका छन् । रासस/एएफपी