२९ आश्विन २०८३, बिहिबार

अब चुरोट प्रयोगकर्ताले अरबौँ डलर पाउने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cigreteमन्ट्रियल, १९ जेठ । क्यानडाका एक न्यायाधीशले क्युबेकका चुरोट प्रयोगकर्ताले तीन ठूला चुरोट कम्पनविरुद्ध हालेको मुद्धामा उनीहरूलाई १५ अर्ब क्यानेडियन डलर (१२ अर्ब अमेरिकी डलर बराबर) क्षतिपूर्ति दिने निर्णय गरेका छन् । यो क्यानडामा सामूहिक रूपमा दर्ता भएको सबैभन्दा अधिक मूल्यको मुद्धा भएको ठानिएको छ ।

त्यहाँको माथिल्लो अदालतका न्यायाधीश ब्रायान रिओरडानले चुरोट कम्पनीले आफूले जानेका कुरा स्वास्थ्य अधिकारी वा जनतालाई प्रत्यक्ष रूपमा नबताएर आफ्नो उत्पादनका उपभोक्ताको स्वास्थ्य बिगारेर फाइदा कमाउने काम गरेको उल्लेख गर्नुभएको छ ।

यस निर्णयमा यी कम्पनीले यस निर्णयमा पुनरावेदन गरे पनि आउँदो ६० दिनभित्र यी उपभोक्तालाई एक अर्ब क्यानेडियन डलर उपलब्ध गराउन आदेश दिइएको छ ।

जेटीआई म्याकडोनाल्ड, इम्पेरियल टोबाको र रोथमान्स, बेनसन एण्ड हेजले यस निर्णयमा पुनरावेदन दिइने बताएका छन् ।

क्यानडामा चुरोट कम्पनीहरू देवानी मुद्दामा अदालतसम्म पुगेको यो पहिलो पटक हो । यसमा निवेदकका दुई समूह रहेका छन् । यसमा केही चुरोट सेबनका कारण गम्भीर रूपमा बिरामी परेका व्यक्तिहरू छन् भने अर्का व्यक्तिहरू आफूले चुरोट छोड्न नसकेको भन्ने व्यक्तिहरू परेका छन् ।

न्यायाधिश रिओरडनले यी कम्पनीप्रति भत्र्सना गर्नुभएको छ ।

उहाँले यी कम्पनीले आफ्ना उपभोक्ताको फोक्सो, घाँटी तथा स्वास्थ्यलाई जोखिममा पारेर अरबौँ डलर कमाएको आरोप लगाउनुभएको छ । उहाँले यी कम्पनीलाई कुनै पनि कारवाही नगरिने हो भने भोलिका दिनमा यस्तै नैतिक द्वन्द्व सिर्जना गर्ने उद्योगलाई कस्तो सन्देश जानेछ भन्ने कुरा ध्यानमा राख्नुपर्ने बताउनुभयो ।

यस मुद्धाका सम्बन्धमा क्युबेकका १० लाख व्यक्तिले यी कम्पनीलाई बजारमा आफूले हानिकारक उत्पादन बिक्री गरेको कुरा थाहा भएको र उनीहरूले सुर्तीको स्वास्थ्यमा पर्ने प्रभाव लुकाएको भनी उल्लेख गरेका छन् ।

सन् २०१२ मा फोक्सोको क्यान्सरबाट आफ्ना पति जाँ यभ्स ब्लेस गुमएकी लाइस ब्लेसले आफूले १७ वर्षसम्म यो निर्णय कुरेकी बताइन् । उनका पतिले पाँच देखि छ पटकसम्म चुरोट छोड्न प्रयास गरेको तर नसकेको बताइएको छ ।

यी उद्योगले भने चुरोट उपभोक्तालाई आफ्नो कार्यको जोखिमका विषयमा थाहा भएको र उत्पादन सङ्घीय सरकारको स्वीकृति तथा कडा कानुन अनुसार बिक्री गरिएको दाबी गरेका छन् ।

आरबीएचका प्रवक्ता एन एडवर्ड्सले एक विज्ञप्ति प्रकाशन गरी आफूहरूले अदालतको निर्णयमा शक्तिपूर्वक पुनरावेदन दिइने बताएकी छन् ।

जेटीआई म्याकडोनाल्डले क्यानेडाली जनताहरूलाई सन् १९५० देखि नै चुरोट सेवन गर्दा स्वास्थ्य जोखिममा पर्ने कुरा थाहा भएको दाबी गर्दै चुरोटका बट्टामा गत ४० वर्षदेखिनै चेतावनी दिइने गरिएको जानकारी दिएको छ ।

अदालतले इम्पेरियल टोबाकोले ६७ प्रतिशत, रोथमान्स बेनसन एण्ड हेजले २० प्रतिशत तथा जेटीआई म्याकडोनाल्डले १३ प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने जिम्मेवारी तोकेको छ ।

निवेदकका एक वकिल आन्द्रे लेसपरेन्सले यी तीन कम्पनीले ५० वर्षसम्म आफ्ना उपभोक्तालाई झुटो कुरा बोली उनीहरूको जीवनको अधिकारमा क्षति पु¥याएको दाबी गरे । उनले यो पीडित तथा समाजका लागि ठूलो विजय भएको बताए ।

यससम्बन्धी दुई मुद्धा सन् १९९८ मा दर्ता भएको थियो र त्यसलाई सन् २००५ मा जोड दिइएको छ । यससम्बन्धमा सन् २०१२ मा सुनुवाइ आरम्भ भएको हो । रासस/एपी