
सिन्धुपाल्चोक, १९ जेठ । दोलखाबाट काठमाडौँ फर्कँदै गरेको हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त हुँदा एक विदेशीसहित चार जनाको मृत्यु भएको छ । मृतक सबैको सनाखत भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा हेलिकप्टरका पाइलट भक्तपुरका सुबेग श्रेष्ठ, अमितकुमार सिंह, शेरबहादुर कार्की र एक जना डच महिला रहेकी छिन् ।
दुर्घटनामा परेको हेलिकप्टरको फाइल तस्वीर
घटनाका प्रत्यक्षदर्शी एमाले पोलिटव्युरो सदस्य अरुण नेपालका अनुसार खिम्ती र भोटेकोशीको केन्द्रीय प्रसारण लाइनमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको हो । हेलिकोप्टरले काठमाडौं विमानस्थलमा दिउँसो २:३७ मा अन्तिमपटक सम्पर्क गरेको थियो ।
बिजुलीको हाईटेन्सन तारमा ठोक्किएपछि धुँवाको मुस्लोसहित सिन्धुपाल्चोकको यमुनाडाँडा गाविस वडा ८ को शिला पर्वत जंगलमा हेलिकप्टर खसेको थियो । दुर्घटनास्थल बदेफीबाट नजिकै पर्दछ ।
‘म बफेदी खोलाको पुल तर्दै थिएँ । त्यतिबेला घ्यार्रर गर्दै ठूलो आवाज आयो । मानिसहरु भूकम्प आयो भन्दै भाग्न थाले, गाडी रोकेर हेर्दा हेलिकप्टरको पो खसेको रहेछ ।’ घटनाका प्रत्यक्षदर्शी एमाले नेता नेपालले दैनिक नेपालसँग टेलिफोनमा भने ।
यस्तो छ दुर्घटनास्थलको तस्वीर:



















प्रतिक्रिया