१६ कार्तिक २०८३, सोमबार

नयाँ सरकार बनाउन एमाले र एमाओवादी नेताको गोप्य भेटवार्ता, यस्तो रह्यो छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Maobadi

काठमाडौँ, १९ जेठ । राष्ट्रिय सरकार बनाउने विषयमा नेकपा एमाले र एमाओवादीका नेताबीच गोप्य छलफल भएको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र एमाओवादीका स्थायी समिति सदस्य शक्ति बस्नेतबीच मंगलबार दिउँसो २ बजे सिंहदरबारमा गोप्य भेटवार्ता भएको हो । चार दलका शीर्ष नेताहरुको बैठक अघि भएको यो भेटवार्ता अर्थपूर्ण मानिएको छ ।

एमालेको सन्देश बोकेर गएकास्थायी समिति पाण्डेले एमाओवादी अध्यक्ष प्रचण्डका अति निकट मानिएका बस्नेतलाई पार्टीका अडान तथा धारणाबारे जानकारी गराएका थिए । उनीहरुबीच सरकार निर्माण अघि नयाँ संविधानका विषयमा कसरी साझा धारणा बनाउने भन्ने विषयमा छलफल भएको स्रोतले बतायो ।

एमाओवादी नेता बस्नेतले ८ प्रदेश माने एमालेले भने जसरी प्रदेशको सिमांकन गर्न तयार रहेको जानकारी गराएका थिए । जबाफमा एमाले नेता पाण्डेले ८ प्रदेशको सटट ६ देखि ८ प्रदेश लेखेर छलफलमा जान सकिने बताएका थिए ।

नयाँ सरकार निर्माणको कसरत सुरु भएपछि एमाले र एमाओवादीका दोस्रो तहका नेताहरुले भेटवार्तालाई तीव्र पारेका छन् ।