काठमाडौं, १९ जेठ । पोखरामा एक नेपाली विमान दुर्घटनामा परेको छ ।
जोमसोमबाट पोखराको लागि आएको गोमा एयरको ९ एनएकेवाई एलईटी बिमान मंगलबार पोखरा बिमानस्थलमा अवतरण गर्ने क्रममा अगाडीको चक्का नखुलेर दुर्घटनामा परेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।
चक्का नखुलेर कारण अगाडीको भाग धावन मार्गको जमिनमा धसिई दुर्घटना हुँदा जहाजको अगाडीको भाग क्षति भएको छ । उक्त बिमानमा सवार १८ जना यात्रु र चालक दलका ३ जना समेत गरी २१ जना सकुसल रहेका छन् ।
बिमान धावन मार्गमा भएको कारण उडान अवरोध भएकोमा जाहाजलाई धकेलेर हङगरमा लगि ०९ः३५ बजेबाट विमानस्थल सुचारु भएको छ ।















प्रतिक्रिया