२९ आश्विन २०८३, बिहिबार

चीनमा पानीजहाज डुब्यो, १३ जनाको जिवितै उद्दार, ४४५ अझै बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china ship (1) बेइजिङ, १९ जेठ । चीनमा गएरातिदेखि बेपत्ता भएको एक पानीजहाजबाट मङ्गलबार बिहान १३ जनालाई उद्वार गरिएको समाचार छ ।

यात्रु र चालक दलका सदस्य सहित ४५८ जना व्यक्ति रहेको सो पानीजहाज सोमबार राति साढे नौ बजे चीनको याङ्जी नदीमा डुबेको थियो ।

सो पानीजहाजबाट मङ्गलबार बिहान करिब ११ बजेसम्ममा १३ जनाको मात्र उद्वार गर्न सकिएको जानकारी चीनको यातायात मन्त्रालयले दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उक्त विमानले क्षमताभन्दा बढी भार नबोकेको पाइएको छ । साथै उक्त जहाजमा आवश्यक मात्रामा लाइफ ज्याकेट पनि रहेको पाइएको समाचारमा जनाइएको छ ।

china ship

मङ्गलबार बिहान उद्वार गरिएका ती १३ जनाले पनि लाइफ ज्याकेट लगाएको अवस्थामा पाइएको पनि उक्त मन्त्रालयले जानकारी दिएको छ ।

सो जहाज डुबेपछि नै सो क्षेत्रको मौसम खराब भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार जहाज दुर्घटनाको कारणको बारेमा अनुसन्धान जारी रहेको छ ।

डोङफाङ्जोन अर्थात पूर्वी तारा नाम गरेको सो पानीजहाज याङ्चे नदीको जिनाली भन्ने स्थानमा डुबानमा परेको थियो । रातिको समयमा सो जहाज डुबानमा परेकोले उद्वारको काममा कठिनाई भएको बताइएको छ ।

साथै मौसमको खराबीका कारण नदीमा हराएकाको खोजीको काम कठिन भएको अधिकारीहरुले जनाएका छन् । याङ्चे नदिको नाविक प्रशासनले सो नदीमा पानीको मात्रा नघटेको तथा हावा र आँधीका कारण पनि उद्वारमा कठिनाई उत्पन्न भएको बताएको छ ।

सो पानीजहाज पूर्वी चीनको जाङ्सु प्रान्तको राजधानी नानजिङ्बाट दक्षिण पश्चिमी चीनको चोङ्किङ सहरतर्फ गइरहेको थियो ।

सो विमानमा ४०६ जना यात्रु, ४७ जना जहाजका कर्मचारीका साथै पाँचजना ट्राभल एजेन्सीका व्यक्ति रहेका चीनको यातायात मन्त्रालयले जनाएको छ ।

ठूलो सङ्ख्याका यात्रु हराइरहेका र उद्वारकर्मीहरुले खोजीको कामलाई प्राथमिकताका साथ अघि बढाएको भन्दै तर उक्त नदी ठूलो रहेकोले हराएका यात्रु भेट्न गाह्रो भएको अधिकारीहरुले बताएका छन् । रासस/सिन्ह्वा