२९ आश्विन २०८३, बिहिबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पक्राउ गर्नेलाई १ अरबको पुरस्कार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modiकाठमाडौं, १९ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राजनीतिमा चतुर खेलाडी मानिन्छ । यो कुरालाई उनले प्रमाणित समेत गरिसकेका छन् ।

भारतको जन्मैदेखिको दुश्मन पाकिस्तान हो । भारतका हरकोही प्रधानमन्त्री पाकिस्तानका दुश्मनमा गनिन्छन् । पाकिस्तानले अहिलेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि मुख्य दुश्मन बनाएको छ ।

पाकिस्तानको जमात ए इस्लामीका प्रमुख सिराज उल हकले मोदीको टाउकोमा एक अरब रुपैयाँको पुरस्कारको घोषणा गरेका छन् ।

उनले भनेका छन्-‘जसले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गिरफ्तार गरेर हामी भएको ठाउँमा ल्याउनेछ, उसलाई हामी १ अरब रुपैयाँको पुरस्कार दिनेछौं ।’

पाकिस्तानको रावलकोटमा एक नागरिककर्मीको र्‍यालीलाई सम्बोधन गर्दै सिराजले नरेन्द्र मोदीलाई कश्मीर र गुजरातमा मारिएका हजारौ नागरिको दोषी ठहर गरेका छन् । उनले भने-‘यो अपराधको मोदीलाई सजायँ हुनुपर्छ ।’

सिराजले पाकिस्ताका नेतालाई पनि तीखो वाण प्रहार गर्दै सबै अन्धा भएको बताए । सिराजले जसले पाकिस्तान र भारतबीच दोस्तीको कुरा गरिरहेको छ, उसले मुम्बई गए हुन्छ । एजेन्सी