काठमाडौं, १९ जेठ । संविधानका विवादित विषयमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकले बेलुका अर्काे बैठक बस्ने निर्णय गरेका छन् ।
मंगलबार विहान बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा कांग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाका शीर्ष नेताहरुको बैठकले संविधानका विवादित विषयमा सहमति जुटाउन नसकेपछि बेलुका फेरि अर्काे बैठक बस्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले दैनिक नेपाललाई बताए ।
‘संविधान बनाउने विषयमा कुरा नमिलेपछि प्रचण्डले बेलुका अर्काे बैठक डाक्नुस भन्नुभयो, प्रधानमन्त्रीज्यू त्यही अनुसार साझ बैठक डाक्नुभयो ।’ उनले भने । उनका अनुसार अर्काे बैठक आज अपरान्ह ५ बजे बस्ने गरी बोलाइएको छ ।
हिजो पनि बालुवाटारमै चार दलको बैठक बसेको थियो । चार दलको बैठकले जेठ २० भित्र राष्ट्रिय सरकार र संविधानका विषयमा सहमति जुटाउने निर्णय गरेको थियो ।













प्रतिक्रिया