३० आश्विन २०८३, शुक्रबार

दरबार हत्या काण्डका १४ वर्ष, कस्ले गर्‍यो राजा विरेन्द्रको हत्या ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

King

काठमाडौँ, १९ जेठ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १४ वर्ष पुगेको छ ।

विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।

राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उहाँ नै नेपालको इतिहासमा अन्तिम राजा बन्नुभयो । राजा विरेन्द्र त्यती बेला जनतालाई साथ दिएर प्रिय राजा बनेका थिए ।

दरबार हत्या काण्ड भएको १४ वर्ष पुग्दा घटनाबारे कुनै तथ्य बाहिर आएको छैन् । तत्कालि छानविन समितिले युवराज दिपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो ।

१४ वर्षमा दर्जानौ सरकार फेरिदा कसैले पनि दरबार हत्या काण्डको छानविन गर्ने हिम्मत गरेनन् । तत्कालिन छानविन समितिको तथ्य अनुसार युवराज दिपेन्द्रले नै राजा विरेन्द्रको वंश नाश गरेको मानिन्छ ।