काठमाडौं, १९ जेठ । भूकम्पपीडितका लागि सहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालमा व्यापक अनियमितता भएको सार्वजनिक भएपछि प्रधानमन्त्री सुशील कोइरालाले गम्भीर चासो देखाउँदै गहन छानबिनका लागि राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको निर्देशनलगत्तै केन्द्रले सोमबार मन्त्रालयबाट त्रिपालसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
केन्द्रका प्रमुख अधिकृत रमेशकुमार शर्माले अन्नपूर्ण पोस्ट्मा ‘त्रिपालमा व्यापक घोटाला’ शीर्षकको समाचार सोमबार प्रकाशित भएपछि प्रधानमन्त्रीले अनुसन्धान गर्न निर्देशन दिएको बताए।
‘प्रधानमन्त्रीज्यूले त्रिपाल प्रकरणमा गम्भीर चासो देखाएर छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको छ’, शर्माले भने, ‘हामीले आजैबाट छानबिन सुरु गरेका छौं।’
विपत्त समय भन्दै छोटो प्रक्रियाबाट मन्त्रालयले त्रिपाल खरिद गरेको थियो।















प्रतिक्रिया